सुन्दरहरैंचा र मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित कृषि शाखाको सहजिकरणमा बुधबार कृषकहरुलाई १ हजार २ सय के।जि तोरीको बिउ बितरण गरिएको छ । विभिन्न वडाका १ सय १८ कृषकहरुलाई उक्त तोरीको बिउ वितरण गरिएको हो । नगरमा रहेका १२ वटा वडाका कृषकको मागलाई मध्यनजर गर्दै कृषि शाखाले तोरीको बिउको माग आवाह्नन गरेको थियो ।सूचनाको अवधिमा १ हजार २ सय के।जि अर्थात १२ क्वाइटेल तोरीको बिउ माग भएको थियो । मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त तोरीको बिउ वितरण गरिएको हो । नगरप्रमुख शिवप्रसाद ढकाल तथा उपप्रमुख धनमाया तामाङद्वारा संयुक्त रुपमा कृषकहरुलाई तोरीको बीउ वितरण गरिएको थियो ।वितरण गरिएको तोरीको बिउले १ सय २० हेक्टर जमिनमा उन्नत जातको तोरी लाग्ने भएको छ । उत्त तोरीको बीउ वितरणको कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले कृषि क्षेत्रको विकासका लागि आफु जहिले पनि सकारात्मक रहेको उल्लेख गरे । उनले स्वदेशमै राम्रो काम गरि व्यावसायीक रुपका खेति किसान गर्ने कृषकलाई यस नगरमा राम्रो अनुदानको व्यवस्था समेत रहेको बताए । नगर प्रमुख ढकालले कृषकलाई मध्यनजर गरि एक बिघा भन्दा बढिमा खेति गर्ने जमिनको राजश्वमा पनि छुट गर्ने समेत कार्यक्रम रहेको जानकारी दिए ।
कृषकलाई तोरीको बीउ वितरण कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गोपाल रेग्मी, कृषि शाखा प्रमुख फणीन्द्र भट्टराई , उत्पादन, कृषक लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया