- रविन्द्र बराल

उपभोक्त समिति ले आकृति कन्ट्रक्सन बनाउन लगाएकाे कालाेपत्रे मा दुई महिना मै झार ठाउँ ठाउँ मा भत्कियाे । असाेज १५ बिहीबार रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका वडा नं. ४ स्थित चाेप्राह नजिकमा रहेकाे सिक्किमलाल मण्डलको किराना पसल देखि दक्षिण बोर्डर सम्म काे जाने बाटो कमसल र गुणस्तरहिन निर्माण गरेको भन्दै स्थानीयले बिराेध गरेका छन । उनी हरुले संयुक्तरूपमा पत्रकार सम्मेलन जानकारी गराएका हुन । रंगेली नगरपालिकाले २०७५ माघ २५ गते सत्तरी लाख रुपैया काे लागतमा उक्त सडक निर्माण सुरु गर्न उपभोक्तालाई जिम्मा लागिएको थियो । उक्त काम सम्पन्न नगरपालिकाले तीन पटक सम्म उक्त सडक काे ठेक्का सम्झौता थप समेत गरेको थियो ।

सुरुमा बीस फिट चाैडाई र ५ सय १२ मिटर लम्बाई निर्माण गर्ने एस्टिमेट भएता पनि उक्त सडक निर्माण गर्नेे समय सम्म १६ फिट चाैडाईमा निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको ३ महिना नबित्दै साे बाटाेमा उक्त बाटाेमा अहिले झार उम्रिएकाे, ठाउँ ठाउँमा फुटेको र पिच काे गिट्टी समेत निस्कन थालेपछि उपभोक्ता समिति काे सदस्य मा रहेका विशेश्वर प्रसाद मंन्डल ,प्रमानन्द मंण्डल लगायत ६ जना ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन । सडक निर्माण उपभोक्ता समिति का अध्यक्ष अशोक कुमार मंण्डल , सचिव रनवहादुर मंण्डल काेषा अध्यक्ष दुनियाँ देवि मंण्डल लगायत लाई क्रमश २० हजार रुपैयाँ , १० हजार रुपैयाँ ५ हजार रुपैयाँ र सदस्य हरु लाई ५ हजार रुपैयाँ समेत दिएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

सडक निर्माण समिति का सदस्य रहेकि परेख देवि मंण्डल एक बर्ष अगाडि भारतकाे पन्जाव मा राेजगरीमा गएकाे समयमा उक्त समति ले पारख देवि काे छाेरी संग कृति सहित छाप गराएर बहुमत पुगाएर उनी हरुले सडक निर्माण सम्पन्न गरेको काे फरक गरेको र आफू हरु लाई र स्थानीयलाई सम्पुर्ण बजेट काे पारदर्शी समेत नगरेकाे लागएका छन । समिति का अध्यक्ष अशाेक मंण्डल ले एक्लैटि रुपमा ले उक्त सडक कालोपत्रे गर्ने का लागि रंगेली मा रहेको आकृति कन्ट्रक्सन का प्रमुख बिरेन्द्र साह लाई जिम्मा लगाएकाे थियो । अध्यक्ष ले साे सडक निर्माण गर्ने आकृति कन्ट्रक्सन लाई के कति रकम मा दिएकाे त्याे भने थाहा नभएको भन्दै पन्छिन खाेजेे का छन । यता बडा अध्यक्ष भुपेन्द्र मंण्डल ले भने साे बिषयमा आफुलाई समितिले आफू लाई कुनै जानकारी नगराएकाे तर काम भने राम्रो भएको अभिब्यक्ति दिएका छन । नगरपालिकाले ७० लाख रुपैयाँको कालोपत्रे सडक निर्माण कार्य का लागि उपभोक्ता लाई दिएकाे तर उपभोक्ता हरु लेे कालोपत्रे सडक निर्माणकार्य गर्ने चाहिने आवश्यक सामाग्री समते कहाँबाट ल्याउछन भन्ने हेक्का समेत नहुदा अहिले उक्त सडक दुई महिना मै बिग्रिन थालेको छ ।

तपाईको प्रतिक्रिया