चिकित्सा शिक्षा र क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसिको सर्मथनमा काँग्रेस क्षेत्र न. ४ ले आज दबाबमुलक कार्यक्रम गरेको छ ।मोरंगको कटहरी चौकमा आयोजित दबाब कार्यक्रममा बोल्दै नेका महासमीती सदस्य तथा अग्रज नेता विश्वनाथ रिजालले डा. केसिले विपन्न र दुर्गम क्षेत्रका जनतालाई लक्षीत माग लिएर अनसन बसेको उल्लेख गर्दै सरकारले पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले वर्ताबाट केसिको माग समर्थन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

त्यसैगरी काँग्रेसका जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्केले माथेमा आयोगले तयार गरेको प्रतिवेदन अक्षरस कार्यान्वयन गनुपर्ने बताउनुभयो । नेता मास्केले २०१५ सालमा नेता विपी कोईरालाको नेतृत्वमा बनेको सरकारले शिक्षा स्वास्थ्य विपन्न वर्गहरुको पहँचमा पुर्याउनु पर्ने बताएको स्मरण गर्दै डा. केसिको समेत त्यहि माग भएकाले कार्यान्वयन गर्न माग गर्नुभयो । कुनै पनि नेतृत्वले जनतालाई निरास हुन दिदैन भन्ने विपीको भनाई स्मरण गर्दै अहिलेको सरकार जनताप्रति उत्तरदायि नभएको र जनताको मतलाई कुठाराघात गरेको आरोप लगाँउनुभयो । मेडिकल शिक्षा दुर दरारमा हुनुपर्छ भन्ने उद्देश्य डा. केसिको मात्र नभई सबै नेपालीहरुको आवाज भएको बताउदै डा. केसीको माग संम्बोधन गर्न सरकार संग माग गर्नुभयो ।

कार्यक्रममा नेका महासमीती सदस्यहरु गोपाल राज भण्डारी , मिता आर्चाय,प्रमिला गच्छदार,दुर्गा कोईराला नेका महाधिवेशन प्रतिनिधि सम्पतलाल साहा,क्षेत्रीय सभापती विनोद बस्नेत , नेका जिल्ला सदस्य सुवोध निरौला,नेका नेता बुच्चाई शेख , नेका कटहरी गाँउपालिकाका सभापती रामकुमार कामत,कटहरी गाँपा काँग्रेस उपसभापती देवराज चौधरी नेका नेता शेषराज राजवंशी , नेतृ मञ्जीता सरदार,

दलित संघ मोरंगका जिल्ला अध्यक्ष रामकुमार विश्वकर्मा , तरुदल विराटनगर सभापती सन्तोष न्यौपाने , विद्यार्थी नेता दिपेन रौनियार , अंकीत भट्राई , महिला संघको क्षेत्रीय अध्यक्ष रेखा पराजुली लगायतले गोविन्द केसिको मागलाई चाँडो संम्बोधन गर्न सरकार संग माग गर्द कटहरी चौकमा दबाब कार्यक्रमको आयोजना गरेका हुन ।

 

तपाईको प्रतिक्रिया