विराटनगर महानगरका उपप्रमुख ईन्दिरा कार्कीको नेतृत्वको टोलिले गुद्रीको मासुपशल अनुगमन गरेको छ ।
खसीको मासु भनेर बाख्राको मासु विक्री गरेको धेरै गुनासो आउन थालेपछी मासु पशल अनुगमन गरेको हो ।


गुद्रीका बहुसंख्यक खसीका मासु पशलले बाख्राको मासु बच्ने गरेको गुनासो उपभोक्ताबाट आउने गरको थियो । त्यहि जनताको गुनासोलाई मध्यनजरगर्दै खसीको मासुपशल अनुगमन गरेको हो । त्यसैगरी माछा पशल पनि अनुगमन गरेको छ । सरसफाईको अवस्था र मापदण्ड अनुसार मासुपशलहरु संञ्चालनमा छ की छैन भन्ने उद्देश्यले अनुगमन गरिएको बताईएको छ ।बुधबार दुई दर्जन गुद्रीका मासुपशलको अनुगमन गरिएको छ ।

तपाईको प्रतिक्रिया