- तिलक थापा अरुण गाउँपालिका वडा नं ७ मैदाने भोजपुर।
हरायो स्वच्छता पुगिसक्यो शुन्यमा कार्यालय र हरेक तह तप्कामा लाग्न थाल्यो आफन्तै आफन्तको बजार
हरायो स्वच्छ प्रतिस्पर्धा अपमानित हुँदै छन् प्रमाण पत्र लोप भयो निस्पक्षता बढ्दै गयो अनियमितता जता पनि लाग्न थाल्यो आफन्तै आफन्तको बजाररिक्त भयो दरबन्दी निकालियो सूचना पाटीमा सूचना म्याद मिति टाँसियो पन्ध्र दिन अन्तिम मितिको अघिल्लो बेलुकी सुरु भयो भोलि पल्ट आफन्तको नियुक्ति जता पनि लाग्न थाल्यो आफन्तै आफन्तको बजार
हरायो नीति भुल्न थाल्यो विधान योग्यताको कदर हरायो, सकियो बढ्दै गयो निरङ्कुशताको आकुरा हराउँदै गयो नियम नीतिक‍ो पालना त्यसैले, जता पनि लाग्न थाल्यो अफन्तै आफन्तको बजार चाहिन्छ जतिसुकै हुन्छ सिट खाली टिपेर टप्प राख्यो आफन्त अनि बजायो झूटो ताली हरायो इमानदारीता, लूटियो नैतिकता अस्वस्थ भयो निस्पक्षता, हुन थाल्यो अनियमितता जताततै लाग्न थाल्यो आफन्तै(आफन्तको बजार
खै के हुन थाल्यो हाम्रो देशमा राजनीतिदेखि अफिससम्म सहयोगी कर्मचारीदेखि हाकिमसम्म नियुक्ति नै कस्तो रु
भाइ बन्धु, मामा, काका, दिदी, दाजु जेठु, सालो, साली, फुपू फुपाजु नाति नातिनी, मीत मीतिनी नजिकको साइनो पर्ने जति सबै चल्छ यहाँ नानाथरी जता पनि लाग्न थाल्यो आफन्तै आफन्तको बजार त्यही देशको रमिते नागरिक हामी जता पनि लाग्न थाल्यो आफन्तै आफन्तको बजार

तपाईको प्रतिक्रिया